जेन–जी आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे–प्रेस वक्तव्य

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान

National Human Rights Foundation (HURFON)

केन्द्रीय कार्यसमिति, सल्लाहकार, शाखा अध्यक्ष/प्रतिनिधि समेतको बैठकको निर्णय...


आज मिति २०८२ साल कार्तिक २१ गतेका दिन राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, केन्द्रीय कार्यसमितिका अध्यक्ष श्री भवानी प्रसाद खरेलको अध्यक्षतामा प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति, सल्लाहकार, उपत्यका भित्र कार्यरत प्रतिष्ठानका शाखा अध्यक्ष÷प्रतिनिधि समेतको बैठकबाट निम्न लिखित प्रस्तावहरूमा छलफल गरी देहाय बमोजिमको निर्णयहरू गरियोे ।

छलफलका प्रस्तावहरू:

१) २०८२ भाद्र २३ र २४ को जेन–जी आन्दोलन, नरसंहार, विध्वंश, सो पश्चात विकसीत राजनीतिक अवस्था ।

२) लोकतन्त्र र मानव अधिकारको रक्षा र सम्मानका लागि प्रतिष्ठानको आगामी भूमिका ।



निर्णयहरु:

१. विशेष गरेर सुशासन कायम गर्न र सामाजिक सञ्जालमा लगाएको बन्देज तत्काल हटाउन  माग गर्दै जेन–जी पुस्ताले आह्वान गरेकोे विरोध प्रदर्शनका क्रममा २०८२ भाद्र २३ र २४ गते काठमाडौँ उपत्यका र देशका विभिन्न स्थानमा सुरक्षाकर्मीको गोली, आगजनी समेतबाट प्रदर्शनकारी, प्रहरी, कैदी बन्दी समेत ७६ नागरिकको ज्यान गएको छ, हजारौं प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन, अवसरको पर्खाइमा रहेका स्वार्थ समूहले सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत, विभिन्न सरकारी भवनहरू, तारे होटेल, हजारौं संख्याका निजी तथा व्यवसायिक प्रतिष्ठान, भवन, सवारी साधनहरूमा भएको व्यापक तोडफोड, लुटपाट र आगजनीबाट सिंगो मुलुक तहसनहस भएको छ, प्रहरीका ठूलो संख्याका हातहतियार र गोली लुटिएका छन, जेल तोडेर ठूलो संख्याका कैदी बन्दीहरू भागेका छन्, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान यो कहालि लाग्दो घटनाको धोर निन्दा, भ्रत्सना र दुख प्रकट गर्दछ । यस घटनाले सारा नेपालीलाई मर्माहत तुल्याएको छ । आन्दोलनका क्रममा ज्यान गुमाउनु भएका जेन–जी शहिद, युवा, विद्यार्थी, नागरिक र प्रहरीहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइते हुनुभएकाहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरियो ।

आन्दोलन उग्र एवं अनियन्त्रित वनेपछि प्रधानमन्त्री के पी शर्मा ओली पद त्याग गरि नेपाली सेनाको सुरक्षामा बस्न बाध्य भए । मुलुक अत्यन्तै कठिन अवस्थामा रहेको समयमा नेपाली सेनाको समन्वयकारी सहयोगमा राष्ट्रपति रामचन्द्र पौडेलबाट जेन–जी प्रतिनिधि र दलहरु समेतको परामर्शमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको र आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारी भैरहेको अवस्था छ । कतिपय दल र समुहहरुले बिभिन्न माग राखि आन्दोलनको घोषणा गरेबाट थप अन्यौल र आशंका उत्पन्न भएको छ । इतिहासकै कठिन र संवेदनशील अवस्थामा सिंगो मुलुक एक ढिक्का भएर सबै प्रकारका समस्याहरू शान्ति र अहिंसाको माध्यमबट समाधान खोजिनु पर्दछ । यसबारेमा सरकारले तत्काल वार्ताकोलागि उचित वातावरण तयार गर्नु पर्दछ । जेन–जी पुस्ताले उठाएका आवाज र राखेका मागहरु उपर राज्यका सबै निकायहरु गम्भिर र संवेदनशील हुन पर्दछ । भाद्र २३ र २४ को नरसंहार र विध्वंसको स्वतन्त्र, निष्पक्ष एवं पारदर्शी रुपमा उच्चस्तरीय छानबिन गरि दोषीलाई कानुनी दायरामा लियाउन पर्दछ ।

नेपाल सरकार, जिम्मेवार राजनीतिक दलहरू, विभिन्न समूहमा रहेका जेन–जी पुस्ता, आन्दोलन घोषणा गरेका विभिन्न दल तथा समूहहरू, जन–प्रतिनिधि, सामाजिक अभियन्ता, नागरिक समाज, सुरक्षा निकाय र सर्वसाधारण नागरिकहरू सबैमा कुनै पनि प्रकारका उत्तेजना फैलाउने काम कारबाही नगर्न, आपसी मित्रता, शान्ति, सद्भाव कायम राख्न हार्दिक अपिल गर्ने निर्णय गरियो ।

२) लोकतन्त्र र मानव अधिकारको रक्षा र सम्मानको लागि राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले निरन्तर रूपमा अनुगमन, खबरदारी र पहरेदारी गर्ने निर्णय गरियो ।

भवानी प्रसाद खरेल

अध्यक्ष 

(मिति : २०८२ कार्तिक २१ गते)

Share:

शुभकामना कार्यक्रम सम्पन्न



दशै, तिहार लगायतका राष्ट्रिय चाडपर्वहरुको अवसरमा मिति २०८२ असोज ९ गते राष्ट्रिय मानव अधिकार प्रतिष्ठान भक्तपुर जिल्ला शाखाको आयोजनामा शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर शाखा अध्यक्ष प्रा। डा। इरा शर्मा, केन्द्रीय समितिका अध्यक्ष भवानी प्रसाद खरेल, महासचिव घमान तामाङ, केन्द्रीय समितिका सदस्य राधाकृष्ण भण्डारी, निवर्तमान महासचिव एवं सल्लाहकार हरिचन्द्र भट्टराई, भक्तपुर जिल्ला समितिका उपाध्यक्ष मिलन प्रसाद न्यौपाने, सचिव सानुराजा कार्की र युवा सदस्य रोनिस्का भट्टराई लगायतले जेन(जी आन्दोलनका क्रममा भाद्र २३ को नर संहार र २४ को विध्वंस, वर्तमान अवस्थामा विकसित राजनीतिक अवस्था, मानव अधिकारको संरक्षण, शान्ति र सुशासन लगायका बिषयमा छलफल भएको थियो ।

समयसापेक्ष कार्यक्रमको आयोजना गर्नु भएकोमा भक्तपुर शाखा परिवारप्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौ।

घमाना तामाङ 

महासचिव

Share:

चिर शान्तिको कामना !




Generation-Z आन्दोलनका क्रममा ज्यान गुमाउनु भएका सहिदहरुको आत्मालाई शान्ति मिलोस भनि  २०८२ असोज ६ गते साझ बौद्ध स्तुपामा दीप प्रज्वलित गरि चिर शान्तिको कामना सहित श्रद्धाञ्जली अर्पण गरियो, साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरियो । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बौद्ध शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा बौद्ध शाखा अध्यक्ष पासाङ तामाङले सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो, कार्यक्रममा प्रतिष्ठानको केन्द्रीय कार्यसमितिका अध्यक्ष भवानी प्रसाद खरेल, महासचिव घमान तामाङ, कोषाध्यक्ष सोनाम शेर्पा, सल्लाहकार छिरिङ निमा, केन्द्रीय परिषद सदस्य इन्दिरा चुडाल खरेल, काठमाडौ शाखाका उपाध्यक्ष श्याम किशोर श्रेष्ठ, बौद्ध शाखाका पदाधिकारी सदस्य, आजीवन सदस्यहरु, बौद्ध धर्म गुरुहरु लगायत सर्वसाधारण समेतको सहभागिता रहेको थियो । 



महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्नु भएकोमा बौद्ध शाखा अध्यक्ष पासाङ तामाङ र पदाधिकारी, सदस्यहरुलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौ । 


घमान तामाङ 

महासचिव-केन्द्रीय कार्यसमिति

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान

Share:
मानव अधिकारको रक्षा एवं सम्मान गरौं...!

Recent Posts

Popular Posts

Featured Post

जेन–जी आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे–प्रेस वक्तव्य

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान National Human Rights Foundation (HURFON) केन्द्रीय कार्यसमिति, सल्लाहकार, शाखा अध्यक्ष/प्रतिनिधि समेतको बै...

Thanks For Visiting

“Human rights, the foundation of freedom, justice and peace, are not a privilege but a dignity that must be respected.”