परिषद बैठक सम्पन्न !



राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको केन्द्रीय परिषद बैठक (वार्षिक साधारणसभा) सम्पन्न भएको छ ।

 बैठकबाट आ. व. २०८१/८२ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन/ लेखापरीक्षण प्रतिवेदन र आ. व. २०८२/८३ कोलागि अनुमानित बजेट र कार्यक्रम समेत पारित भएको छ । 

अध्यक्ष भवानी प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष राजकुमार गुरुङ, महासचिव घमान तामाङ, उपमहासचिव प्रदिप श्रेष्ठ, केन्द्रीय सदस्यहरु अनुराधा जोशी, नवराज न्यौपाने, पासाङ तामाङ, राधाकृष्ण भण्डारी, सल्लाहकार हरिचन्द्र भट्टराई, परिषद सदस्यहरु बालिका शिवाकोटी, डा. कमल प्रसाद लिम्बू, साबित्रा न्यौपाने, इन्दिरा चुडाल खरेल, लीलानाथ शर्मा पौडेल, कुमारी बाठा मगर, अनवर आलम अन्सारी, खिलराज खरेल, आलोक रौनियार, अस्मिता तामाङ, काठमाडौ शाखा अध्यक्ष सन्तोष पन्त, ललितपुर शाखा अध्यक्ष मदनमान महर्जन, भक्तपुर शाखा अध्यक्ष डा. ईरा शर्मा, आजीवन सदस्य रामधन श्रेष्ठ र अध्यक्ष भवानी प्रसाद खरेल लगायतले मुलुकको वर्तमान मानव अधिकार तथा राजनीतिक अवस्थाकोबारेमा बिचार राख्नु भएको थियो।

परिषद बैठकमा सहभागी सबै सदस्यज्युहरुमा केन्द्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौ।

घमान तामाङ 

महासचिव 

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान 

(मिति: २०८२ भाद्र २० गते, काठमाडौ)

Share:
मानव अधिकारको रक्षा एवं सम्मान गरौं...!

Recent Posts

Popular Posts

Featured Post

जेन–जी आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे–प्रेस वक्तव्य

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान National Human Rights Foundation (HURFON) केन्द्रीय कार्यसमिति, सल्लाहकार, शाखा अध्यक्ष/प्रतिनिधि समेतको बै...

Thanks For Visiting

“Human rights, the foundation of freedom, justice and peace, are not a privilege but a dignity that must be respected.”---HURFON