पाचौं परिषद बैठक सम्पन्न

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान

पॉचौे केन्द्रीय परिषद् बैठक सम्पन्न

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको पॉचौे केन्द्रीय परिषद् बैठक (वार्षिक साधारणसभा) आज मिति २०८३ असोज १० गते काठमाडौंमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकबाट आ.व. २०८२/०८३ को वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन/लेखापरीक्षण प्रतिवेदन र आगामी आ.व.२०८३/८४ का लागि अनुमानित बजेट र कार्यक्रम पारित गरिएको छ । आ.व. २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने अख्तियारी केन्द्रीय कार्यसमितिलाई प्रत्यायोजन गरिएको छ ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा २०८३ भाद्र १० गते बिहान आकस्मिक रूपमा आएको भीषण  विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका तटीय क्षेत्रहरूमा अपूरणीय र अकल्पनीय मानवीय तथा भौतिक क्षति हुन पुग्यो । विपत्तिमा परी ज्यान गुमाउनु भएकाहरूप्रति प्रतिष्ठान हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपत्तिको समयमा सिङ्गो मुलुक एकढिक्का हुन प्रतिष्ठान अपिल गर्दछ ।

साथै, प्रतिष्ठानका सामाजिक कार्यक्रम, अभियान, सफलतापूर्वक सम्पन्न गर्न, गराउॅन विभिन्न माध्यमबाट महत्तवपूर्ण सहयोग, योगदान गर्नुहुने प्रतिष्ठानका संस्थापक, मानार्थ, आजीवन, सक्रिय सदस्यहरू, केन्द्रीय कार्यसमिति, सल्लाहकार, केन्द्रीय परिषद, प्रदेश तथा शाखा समिति, सहयोगी, शुभचिन्तक, कर्मचारी,स्वयंसेवकहरू लगायत सबैमा प्रतिष्ठान हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछ ।

परिषद बैठकमा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेल, उपाध्यक्ष लक्ष्मण नाथ उप्रेती, महासचिव घमान तामाङ, केन्द्रीय सदस्य अनुराधा जोशी, केन्द्रीय सदस्य नवराज न्यौपाने (टि.एन), केन्द्रीय सदस्य राधाकृष्ण भण्डारी, सल्लाहकार हरिचन्द्र भट्टराई, केन्द्रीय परिषद सदस्य इन्दिरा चुडाल खरेल, केन्द्रीय सदस्य एवं बौद्ध शाखा अध्यक्ष पासाङ तामाङ, बौद्ध शाखा सचिव एवं परिषद सदस्य सार्की शेर्पा, परिषद सदस्य कुमारी बॉठा मगर लगायतले मुलुकको वर्तमान अवस्था र मानव अधिकारको विविध पक्षमा विचार राख्नु भएको थियो ।








Share:

केन्द्रीय परिषद् बैठक सम्बन्धी सूचना



राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको निर्णयानुसार प्रतिष्ठानको पाँचौँ केन्द्रीय परिषद् बैठक (वार्षिक साधारणसभा) देहायको मिति, समय र स्थानमा आयोजना हुन गइरहेको हुँदा प्रतिष्ठानका सम्पूर्ण केन्द्रीय परिषद् सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै, सल्लाहकारहरू, काठमाडौँ, ललितपुर, भक्तपुर र बौद्ध शाखाका अध्यक्ष/सचिव वा प्रतिनिधिलाई समेत यसै सूचनाद्वारा पर्यवेक्षकको रूपमा आमन्त्रण गर्दै आफ्नो सहभागिता निश्चित गरिदिनुहुन अनुरोध छ।

बैठकका मुख्य कार्यसूचीहरू:
  • प्रतिष्ठानको गत आ.व. २०८२/८३ को आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने।
  • वार्षिक गतिविधि र आ.व. २०८३/८४ को अनुमानित बजेट तथा कार्यक्रम पारित गर्ने।
  • आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने।
  • मुलुकको समसामयिक विषयमा छलफल गर्ने।
कार्यक्रमको विवरण:
  • स्थान: राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको सभाकक्ष, नयाँ बानेश्वर, काठमाडौँ।
  • मिति: २०८३ साल असोज १० गते, शनिबार (26 September 2026)
  • समय: दिनको ठीक १ (एक) बजे।


Share:

मानवीय सहयोगका लागि अपिल

 प्रेस विज्ञप्ति

मानवीय सहयोगका लागि अपिल

मितिः २०८३।०५।११


मिति २०८३ साल भाद्र १० गते बुधवार बिहान चीनको तिब्बती क्षेत्रमा हिमताल फुट्न गई रसुवा जिल्लाको भोटेकोशी नदीमा आकस्मिक रूपमा आएको भीषण र विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका तटीय क्षेत्रहरूमा भएको अपूरणीय र अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएकोछ 

बाढीको चपेटामा परी हजारौ नागरिकहरू, तीर्थयात्री, पर्यटक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, बैंक एवं वित्तीय संस्थामा कार्यरत कर्मचारी, जलविद्युत् आयोजना एवं विभिन्न विकास निर्माणका क्षेत्रमा कार्यरत प्राविधिक एवं मजदुरहरू, व्यवसायी, विद्यार्थी,बालबालिकालगायत ठूलो संख्यामा नागरिकहरूले ज्यान गुमाएको, बेपत्ता भएको एवं घाइते भएको दुखद अवस्था छ ।

बाढीले रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी र नुवाकोटका नदी तटीय बस्तीहरूलाई पूर्ण रूपमा तहसनहस बनाएको छ । साथै निजी तथा सार्वजनिक घर, भवन, होटल, विद्यालय, जलविद्युत् आयोजना, सुरक्षा निकायका ब्यारेक एवं कार्यालय, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत सबै तहसनहस बनाएको छ ।

नेपाल–चीन जोड्ने ऐतिहासिक मितेरी पुलसहित भोटेकोशी र त्रिशुली नदीमा अवस्थित पक्की पुल एवं झोलुङ्गे पुलहरू बगाएको छ । नागरिकका घरबास, सवारीसाधन तथा सम्पत्ति नष्ट हुँदा राष्ट्रिय अर्थतन्त्र र नागरिकको जीवनयापनमा संकट उत्पन्न भएको छ । विपत्तिको समयमा सिङ्गो मुलुक एक ढिक्का हुन जरुरी छ ।

बाढीको चपेटामा परी अलपत्र परेका नागरिकहरूको उद्धार तथा पुनःस्थापना, बेपत्ता नागरिकहरूको खोजी, घाइतेहरूको उपचार, मानवीय सहयोग, राहत र शव संकलनमा सरकारलाई सहयोग गर्न प्रतिष्ठान सबैमा अनुरोध गर्दछ । विपत्तिमा परी ज्यान गुमाउनु भएकाहरूप्रति प्रतिष्ठान हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वयंसेवी संस्था राष्ट्रिय मानव अधिकार प्रतिष्ठान परिवारको तर्फबाट

रु १५,१००।– सहयोग रकम जम्मा गरिएको छ । सकेको सहयोग गर्न प्रतिष्ठान सबैमा अनुरोध गर्दछ ।

Share:

जरुरी सुचना

 जरुरुी सूचना

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको १२ औ राष्ट्रिय सम्मेलन एवं केन्द्रीय कार्यसमितिको निर्वाचन यही २०८३ मंसिर ५ गते सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको बैठकबाट २०८३ भाद्र ७ गते निर्णय भएको हुॅदा शाखा कार्यसमितिको दुई वर्षको कार्यकाल समाप्त भएका र लामो समय देखि निष्क्रिय रहेका प्रतिष्ठानका शाखाहरु (प्रदेश/जिल्ला समिति) ले यही २०८३ कार्तिक २० गते भित्र साधारणसभा र कार्यसमितिको निर्वाचन सम्पन्न गरि साधारणसभाको उपस्थिति, निर्णय र तस्वीरहरु समेत कार्तिक २५ गते भित्र अनिवार्य केन्द्रमा बुझाउन हुन अनुरोध गरिन्छ । साधारणसभा र कार्यसमिति चयन गर्दा प्रतिष्ठानको प्रदेश, जिल्ला तथा स्थानीय शाखा गठन, सञ्चालन–विनियम २०८१ मा रहेको प्रावधान बमोजिम गर्नु पर्ने छ ।


घमान तामाङ
महासचिव
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान
केन्द्रीय कार्यसमिति
(मिति : २०८३ भाद्र ८ गते)

Share:

बौद्ध शाखाको अध्यक्षमा पासाङ तमाङ

 बौद्ध शाखाको अध्यक्षमा पासाङ तमाङ

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बौद्ध शाखाको १० औ साधारणसभा एवं मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ । शाखा अध्यक्ष  पासाङ तमाङको अध्यक्षतामा २०८३ साउन ९ गते बौद्धमा सम्पन्न सभाबाट शाखाको आ.व. २०८२ /०८३ को वार्षिक गतिबिधि र आर्थिक प्रतिवेदन पारित गरेको छ भने  पासाङ तमाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय कार्यसमितिका अध्यक्ष भवानी प्रसाद खरेल र सल्लाहकार अधिवक्ता हरिचन्द्र भट्टराईले लोकतन्त्र, मानव अधिकार, शान्ति र सुशासनका बिबिध पक्षमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । सभामा छ्योर्तेन टासी तामाङ गुम्बाका अध्यक्ष हरि बहादुर वल, नेपाल घिसिङ समाजका महा सचिव दिपक घिसिङ, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बौद्ध शाखा अध्यक्ष पासाङ तामाङ, केन्द्रीय समितिका महासचिव घमान तामाङ, केन्द्रीय समितिका सदस्य अनुराधा जोशी, लुम्वनी प्रदेश समितिका सचिव जितेन्द्र प्रसाद बन्जाडे (राजु), काठमाडौ जिल्लाका अध्यक्ष सन्तोष पन्त, ललितपुर जिल्लाका अध्यक्ष मदनमान मर्हजन, भक्तपुर जिल्ला अध्यक्ष प्रा. डा. इरा शर्मा, बौद्ध शाखाका उपाध्यक्षहरु सुरेश घिसिङ, चन्द्रमाय लामा, केन्द्रीय परिषद सदस्य सोनाम याङजी शेर्पा, आजीवन सदस्य नविता थापा, प्रतिष्ठानका आजीवन सदस्यहरु पर्वतारोही दावा शेर्पा लगायतले मनतव्य राख्नु भएको थियो । सभाको संचालन बौद्ध शाखाका सचिव सार्की शेर्पाले गर्नु भएको थियो ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको सामाजिक अभियानमा निरन्तर रुपमा बिभिन्न माध्यमबाट महत्वपूर्ण योगदान गर्नु भएका प्रतिष्ठानका सदस्यहरु पासाङ तामाङ, चन्द्रमाया लामा, वाङ छिरी शेर्पा, नविता थापा, छिरिङ निमा, ङवाङ लामा, रिन्छेन शेर्पा, तेन्जी शेर्पा, किशोर तामाङ, फुर्वा शेर्पा, सुमिता गरुङ, थुप्तेन टासी लामा, सुरेश घिसिङ, सार्की शेर्पा, नावाङ डोल्मा, पासाङ शेर्पा र संजिव गुरुङलाई सम्मान गरिएको थियो भने पर्वतारोही कान्छी डोल्मा ह्योल्मोलाई प्रतिष्ठानको आजीनव सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।

 विश्वको शिखर सगरमाथाको पटकपटक सफल आरोहरण गर्नु हुने राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका आजीवन सदस्यहरु चेङा छिरिङ शेर्पा, आङबाबु शेर्पा, दावा टसी शेर्पा र पासाङ लामालाई उहॉहरुको ऐतिहाशिक, सहसिक एवं कीर्तिमानी कार्यको उच्च मूल्याङकन गर्दै कदर–सम्मान आदरका साथ अर्पण गरिएको थियो ।

आगामी दुई वर्षका लागि भएको बौद्ध शाखा कार्यसमितिको निर्वाचनमा पासाङ तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गर्दै निर्वाचन अधिकृत अधिवक्ता हरिचन्द्र भट्टराईले प्रमाणपत्र प्रदान गर्नु भएको छ ।

नव निर्वाचत कार्यसमिति

अध्यक्ष पासाङ तामाङ

उपाध्यक्ष चन्द्रमाया लामा

उपाध्यक्ष नावाङ्ग लामा

उपाध्यक्ष वाङ छिरी शेर्पा

सचिव सार्की शेर्पा

सहसचिव किशोर तामाङ

कोषाध्यक्ष थुप्तेन टासी लामा

सदस्य तेन्जीन शेर्पा

सदस्य नवीता थापा

सदस्य सुमिना गुरुङ

सदस्य निमा लामु शेर्पा

सदस्य पेम्बा शेर्पा

सदस्य फुर्वा शेर्पा

नव निर्वाचन कार्यसमितिलाई हार्दिक बधाई र शुभकामना !












Share:

सुनसरी–शान्ति,सद्भाव कायम राख्न अपिल

 प्रेस बिज्ञप्ति

सुनसरी–शान्ति,सद्भाव कायम राख्न अपिल

मितिः २०८३।०४।११

सुनसरी जिल्लाको देवानगन्जमा साउन १० गते दुई समुदाय बिच पोलमा झण्डा राख्ने र चर्को स्वरमा बाजा बजाएको बिषयमा उत्पन्न बिवाद, झडप भएको, बिवादले उग्ररुप लिएपछि स्थिति नियन्त्रण गर्ने क्रममा प्रहरीको गोलीलागि स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको र करिव एकदर्जन प्रदर्शनकारी र सुरक्षाकर्मीहरु समेत घाईते भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएकोछ । प्रतिष्ठान यस प्रकारका घटनाको निन्दा र भ्रत्सना गर्दछ ।

कुनै पनि समुदायको धार्मिक एवं सांस्कृतिक आस्थामा चोट पुग्ने प्रकारका गतिबिधि गरिनु हुदैन । सबैले, सबैको कला, धर्म र संस्कृतिको सम्मान गर्नु पर्दछ । यस घटनामा कानुन हातमा लिने जोकोहीलाई तत्काल कारवाही गर्न र आइन्दा यस प्रकारका घटना हुन नदिने तर्फ भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रतिष्ठान नेपाल सरकार समक्ष माग गर्दछ । साथै सबै प्रकारका विरोधका कार्यक्रमको अन्त्य गरि वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न एवं शान्ति, सद्भाव कायम राख्न राष्ट्रिय मानव अधिकार प्रतिष्ठान सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ ।

साथै, यस घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताको चिरशान्तिको कमना गर्दै, घाईतेहरुको शिघ्र स्वस्थ्य लाभको कमना गर्दछौं । मृतकका परिवारलाई उचित मानविय सहयोग र घाईतेहरुको निशुल्क उपचार र अन्य मानविय सहयोगकालागि राष्ट्रिय मानव अधिकार प्रतिष्ठान सरकार समक्ष माग गर्दछ ।



Share:

कपिलवस्तुमा कार्यक्रम सम्पन्न !

 कपिलबस्तुमा कार्यक्रम सम्पन्न !

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, कपिलवस्तु शाखा र लुम्बिनी प्रदेश समितिको आयोजनामा २०८३ जेठ ३० गते कपिलबस्तु जिल्ला स्थित चन्द्रौटामा “मानव अधिकार सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु शाखा अध्यक्ष विष्णु प्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मा. अर्जुन कुमार के.सी, अतिथिहरू नेत्रराज अधिकारी, नेत्रप्रसाद बेलबासे, खिमविक्रम के.सी, शाखा अध्यक्ष विष्णु प्रसाद खतिवडा, प्रतिष्ठानको लुम्बिनी प्रदेश संयोजक भुमिराज भट्टराई, अधिकारकर्मी मीना परियार लगायतले मानव अधिकारका बिबिध पक्षमा बिचार राख्नु भएको थियो ।

शिवराज नगरपालिका वडा नं. १ र ५ को सहकार्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्यले मानव अधिकार सम्बन्धि प्रशिक्षण दिनु भएको थियो । मानव अधिकारको संरक्षण, प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका, संचारकर्मी, नागरिक समाजका प्रतिनिधि र अधिकारकर्मीहरू लगायत करिव ९० जनाको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सरिता चौधरीले स्वागत मन्तव्य र रणदीप खतिवडाले कार्यक्रम संचालन गर्नु भएको थियो ।






















Share:

मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न !

 मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न !

 राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङ शाखाको आयोजनामा तुलसीपुर स्थित थारु सास्कृतिक संग्रहालय चखौरामा जेठ १६ गते मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ । दाङ शाखा अध्यक्ष विनोद कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न बिद्यालयका शिक्षक, सुरक्षा निकाय, नागरिक समाज, संचारकर्मी र प्रतिष्ठान दाङका पदाधिकारी, सदस्यहरुको सकृय सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय कार्यसमितिका अध्यक्ष भवानी प्रसाद खरेल, तुलसीपुर उप महानगरपालिका का उपमेयर स्यानी चौधरी, प्रशिक्षक भागवत घिमिरे, अधिवक्ता मोहन धिताल, प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुली, शिक्षक हिमाल कडेल, होमराज डागी, कुला नन्द अधिकारी, निर्मल कुमार न्यौपाने, शाख अध्यक्ष विनोद कुमार श्रेष्ठ लगायतले मानव अधिकारको अवधारणा, विकासक्रम, मानव अधिकारको मूल्य, मान्यता, शान्ति सुरक्षा, सुशासन र लोकतन्त्रको सस्थागत विकास लगायतका बिषयमा प्रकाश पार्नु भएको थियो । 

केन्द्रीय समितिका अध्यक्ष भवानी प्रसाद खरेलले नेपालमा मानव अधिकारको इतिहास, प्रतिष्ठानको स्थापना, यसले विगत ३० वर्ष देखि  स्वयंसेवी रुपमा खेल्दै आएको भुमिका, प्रतिष्ठानका सदस्यहरुको लागि आचारण र  मानव अधिकार अनुगमन गर्दा पालना गर्नु पर्ने कुराहरु लगायतका बिषयमा थप प्रकाश पार्नु भएको थियो । 

प्रतिष्ठानको सामाजिक अभियानमामा महत्त्वपूर्ण योगदान गर्नु हुने दाङ शाखामा आवद्ध सदस्य, सहयोगी, शुभ चिन्तक र संचारकर्मी लगायतलाई सम्मानपत्र र मायाको चिनो प्रदान  गरिएको छ । स्वागत मन्तव्य दाङ शाखा उपाध्यक्ष धुर्व गौतमले गर्नु भएको थियो भने कार्यक्रम संचालन शाखा  सचिव टेकन प्रसाद कडेलले गर्नु भएको थियो । 

कार्यक्रमको समापनका अवसरमा शाखा अध्यक्ष विनोदकुमार श्रेष्ठले केन्द्रीय समितिका अध्यक्ष भवानी प्रसाद खरेललाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।














Share:
मानव अधिकारको रक्षा एवं सम्मान गरौं...!

Recent Posts

Popular Posts

Featured Post

जेन–जी आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे–प्रेस वक्तव्य

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान National Human Rights Foundation (HURFON) केन्द्रीय कार्यसमिति, सल्लाहकार, शाखा अध्यक्ष/प्रतिनिधि समेतको बै...

▲

Thanks For Visiting

“Human rights, the foundation of freedom, justice and peace, are not a privilege but a dignity that must be respected.”---HURFON