मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न !

 मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न !

 राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङ शाखाको आयोजनामा तुलसीपुर स्थित थारु सास्कृतिक संग्रहालय चखौरामा जेठ १६ गते मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ । दाङ शाखा अध्यक्ष विनोद कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न बिद्यालयका शिक्षक, सुरक्षा निकाय, नागरिक समाज, संचारकर्मी र प्रतिष्ठान दाङका पदाधिकारी, सदस्यहरुको सकृय सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय कार्यसमितिका अध्यक्ष भवानी प्रसाद खरेल, तुलसीपुर उप महानगरपालिका का उपमेयर स्यानी चौधरी, प्रशिक्षक भागवत घिमिरे, अधिवक्ता मोहन धिताल, प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुली, शिक्षक हिमाल कडेल, होमराज डागी, कुला नन्द अधिकारी, निर्मल कुमार न्यौपाने, शाख अध्यक्ष विनोद कुमार श्रेष्ठ लगायतले मानव अधिकारको अवधारणा, विकासक्रम, मानव अधिकारको मूल्य, मान्यता, शान्ति सुरक्षा, सुशासन र लोकतन्त्रको सस्थागत विकास लगायतका बिषयमा प्रकाश पार्नु भएको थियो । 

केन्द्रीय समितिका अध्यक्ष भवानी प्रसाद खरेलले नेपालमा मानव अधिकारको इतिहास, प्रतिष्ठानको स्थापना, यसले विगत ३० वर्ष देखि  स्वयंसेवी रुपमा खेल्दै आएको भुमिका, प्रतिष्ठानका सदस्यहरुको लागि आचारण र  मानव अधिकार अनुगमन गर्दा पालना गर्नु पर्ने कुराहरु लगायतका बिषयमा थप प्रकाश पार्नु भएको थियो । 

प्रतिष्ठानको सामाजिक अभियानमामा महत्त्वपूर्ण योगदान गर्नु हुने दाङ शाखामा आवद्ध सदस्य, सहयोगी, शुभ चिन्तक र संचारकर्मी लगायतलाई सम्मानपत्र र मायाको चिनो प्रदान  गरिएको छ । स्वागत मन्तव्य दाङ शाखा उपाध्यक्ष धुर्व गौतमले गर्नु भएको थियो भने कार्यक्रम संचालन शाखा  सचिव टेकन प्रसाद कडेलले गर्नु भएको थियो । 

कार्यक्रमको समापनका अवसरमा शाखा अध्यक्ष विनोदकुमार श्रेष्ठले केन्द्रीय समितिका अध्यक्ष भवानी प्रसाद खरेललाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।














Share:
मानव अधिकारको रक्षा एवं सम्मान गरौं...!

Recent Posts

Popular Posts

Featured Post

जेन–जी आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे–प्रेस वक्तव्य

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान National Human Rights Foundation (HURFON) केन्द्रीय कार्यसमिति, सल्लाहकार, शाखा अध्यक्ष/प्रतिनिधि समेतको बै...

Thanks For Visiting

“Human rights, the foundation of freedom, justice and peace, are not a privilege but a dignity that must be respected.”---HURFON