Generation-Z आन्दोलनका क्रममा ज्यान गुमाउनु भएका सहिदहरुको आत्मालाई शान्ति मिलोस भनि २०८२ असोज ६ गते साझ बौद्ध स्तुपामा दीप प्रज्वलित गरि चिर शान्तिको कामना सहित श्रद्धाञ्जली अर्पण गरियो, साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरियो । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बौद्ध शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा बौद्ध शाखा अध्यक्ष पासाङ तामाङले सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो, कार्यक्रममा प्रतिष्ठानको केन्द्रीय कार्यसमितिका अध्यक्ष भवानी प्रसाद खरेल, महासचिव घमान तामाङ, कोषाध्यक्ष सोनाम शेर्पा, सल्लाहकार छिरिङ निमा, केन्द्रीय परिषद सदस्य इन्दिरा चुडाल खरेल, काठमाडौ शाखाका उपाध्यक्ष श्याम किशोर श्रेष्ठ, बौद्ध शाखाका पदाधिकारी सदस्य, आजीवन सदस्यहरु, बौद्ध धर्म गुरुहरु लगायत सर्वसाधारण समेतको सहभागिता रहेको थियो ।
महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्नु भएकोमा बौद्ध शाखा अध्यक्ष पासाङ तामाङ र पदाधिकारी, सदस्यहरुलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौ ।
घमान तामाङ
महासचिव-केन्द्रीय कार्यसमिति
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान



