एघारौं राष्ट्रिय सम्मेलन सम्पन्न

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको एघारौं राष्ट्रिय सम्मेलन (साधारणसभा), २०८१ मङ्सिर १५ गते शनिबारका दिन काठमाडौँ १०, नयाँबानेश्वरस्थित अल्फा हाउसको सभाकक्षमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेलको अध्यक्षतामा बसेको राष्ट्रिय सम्मेलन (साधारणसभा) मा ४८ जिल्लाबाट प्रतिष्ठानका संस्थापक, मानार्थ, आजीवन सदस्यहरू, प्रदेश तथा शाखा प्रतिनिधिहरू र सव्रिmय सदस्यहरू समेत १३५ जनाको सहभागिता रहेको थियो । 

प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष पूर्व प्रधानन्यायाधीश मा. केदारनाथ उपाध्याय, अतिथिहरू मा. डा. सुर्य प्रसाद शर्मा ढङ्गेल–सदस्य राष्ट्रिय मानव अधिकार आयोग, कृष्णप्रसाद भण्डारी–संस्थापक अध्यक्ष राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, प्रा. कपिल श्रेष्ठ–मानार्थ सदस्य राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, डा. सुन्दरमणि दीक्षित–संयोजक शान्ति र विकासका लागि नागरिक समाज, भारती सिलवाल गिरी–सल्लाहकार राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, स्टेला तामाङ–अध्यक्ष राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), डा. कुन्दन अर्याल– अध्यक्ष इन्सेक, डा. आनन्द प्रसाद आचार्य– पूर्व अध्यक्ष राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, डा. गोपाल कृष्ण सिवाकोटी– अध्यक्ष, इन्हुरेड इन्टरनेशनल, प्रमोद कुमार अग्रवाल– अध्यक्ष मारवाडी सेवा समिति नेपाल, छिरिङ निमा–सल्लाहकार राष्ट्रिय मानव अधिकार प्रतिष्ठान लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

सम्मेलनमा लोकतन्त्र, मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा (विशेष गरी शरणार्थीहरूको हक अधिकारको क्षेत्रमा) विगत चार दशकदेखि अटुट रूपमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउँदै आउनु भएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा इन्हुरेड इन्टरनेशनलका अध्यक्ष एवं राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका संस्थापक डा. गोपाल कृष्ण सिवाकोटीलाई यस वर्षको शान्ति र मानव अधिकार राष्ट्रिय सम्मान–२०८१ बाट सम्मान गरिएको छ । साथै प्रतिष्ठानको गतिविधि तथा सामाजिक अभियान र एघारौ राष्ट्रिय सम्मेलन सफल पार्न महत्वपूर्ण योगदान, सहयोग पु¥याउनु हुने प्रतिष्ठानका शाखा, सदस्यहरूलाई कदर÷प्रशंसापत्र प्रदान गरिएको छ । सभामा व्यक्त विचारहरू संक्षेपमा प्रस्तुत गरिएको छ । 

मा. केदारनाथ उपाध्याय, प्रमुख अतिथि, पूर्व प्रधानन्यायाधीश:

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान विगत २८ वर्षदेखि स्वतन्त्र एवम् निक्ष्पक्ष भूमिकामा व्रिmयाशील आफैँमा आत्मनिर्भर संस्था भएकोमा गौरव गर्दै प्रतिष्ठानप्रति कृतज्ञता व्यक्त गर्दछु । मुलुकमा लोकतन्त्र प्राप्तिका लागि विभिन्न समयमा आन्दोलनहरू भए, ती आन्दोलनहरू सफल पार्न प्रतिष्ठानले भित्रभित्रै संगठित भएर जनतामा चेतनाको जागरुक बनाउने कार्यमा सफल भएको मैले महशुस गरेको छु । वर्तमान अवस्थामा राजनीतिक नेतत्व असफल हुनुमा कार्यकर्ताहरू समेत जिम्मेवार रहेका छन् । संविधानका कारण व्यवस्था असफल भएको होइन कि राजनीतिक नेतृत्वको नालायकीपनका कारण व्यवस्था कमजोर र असफल हुँदैं गएको देखिन्छ । राजनीतिक अधिकार भन्दा पनि ठूलो अधिकार आर्थिक अधिकार हो, अहिले हाम्रो उद्योगधन्दाहरू बन्द भए, युवा जनशक्ति विदेशिने अवस्था विकराल छ, रेमिट्यान्सले मुलुक चलेको अवस्था छ । रेमिट्यान्स ल्याउनु नराम्रो होइन तर यो रकमलाई उपभोग्य खर्चमा लगाउँदा विकराल अवस्था सिर्जना भएको छ । रेमिट्यान्सको रकम उद्योगधन्दामा लगाउने वातावरण भए मात्रै उद्योगधन्दा फस्टाउने र देश समृद्ध बन्ने थियो । संव्रmमणकालीन न्याय सफल भएको मुलुकमा पनि पीडित पक्षलाई बेवास्ता गर्न पाइदैन । पीडक राज्य, सेना, प्रहरी जो भए पनि माफी माग्नुपर्ने र पीडितले पनि केही हदसम्म लचिलो भएर यसलाई टुङ्ग्याउनेतर्फ लाग्नुपर्नेमा हामीकहाँ राज्यतर्फबाट यस्तो हुन नसकेको अवस्था छ । राज्यले पीडितलाई केही रकम दिएर थामथुम पार्ने प्रयत्न गरेको देखिन्छ । यस्तो कार्यले शान्ति प्रव्रिmया टुंगोमा पुग्न सक्दैन । मानव अधिकारको धारणा पनि पुस्तापिच्छे फरक फरक आउन सक्दछ । हामी मानव अधिकारको अर्को आयामको चरणमा पनि प्रवेश गरेका छौं । हामी सम्पूर्ण मानव जाति एकजुट भएर मानव अधिकारको सर्वाङ्गीण विकासको लागि तत्पर हुनु पर्दछ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको एघारौं राष्ट्रिय सम्मेलन सफलताको लागि शुभकामना व्यक्त गर्दछु । 

मा. डा. सुर्य प्रसाद शर्मा ढुङ्गेल– सदस्य, राष्ट्रिय मानव अधिकार आयोग:

मानव अधिकारले समस्या होइन, समानधान दिनुपर्दछ भन्ने हो । देशमा र विश्वव्यापी रूपमा जुन समस्या छन् त्यसलाई समाधान गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । प्रतिष्ठानले विदेशी सहयोग नलिने जुन प्रतिज्ञा गरेको छ त्यो एउटा अनुकरणीय कार्य हो । प्रतिष्ठानको संस्थापकमा रहनुभएका व्यक्तित्वहरू मानव अधिकार आन्दोलनको अदृश्य योद्धा हुनु हुन्छ

वर्तमान अवस्थामा मानव अधिकार आन्दोलनमा शिथिलता आएको, सत्य निरुपण तथा मेलमिलाप आयोगमा जानुहुने सदस्यहरू पठाउँदा अधिकारकर्मीहरूले पनि राजनीति भन्दा मानव अधिकारमा प्रतिबद्ध व्यक्ति पठाउन आवाज बुलन्द गर्नु पर्दछ । गौशाला प्रकरणमा मारवाडी समुदायप्रति भएको व्यवहारको बारेमा आयोग जानकार रहेको छ । अहिलेको राजनीतिक नेतृत्वको काम कारवाहीप्रति जनतामा एकखाले जुन निराशा छ, त्यसका लागि राष्ट्रपति प्रणाली चाहियो भनेर हामी भनिरहेको छौं तर त्यो मात्र समाधानको विषय होईन । व्यवस्था परिवर्तन ठूलो कुरो होइन भन्ने हामीले ५० वर्षदेखि राजनीतिमा एकै व्यक्तिलाई मात्र निर्वाचित गरायौं कि भन्नेतर्फ पनि सचेत हुन पर्दछ । मानव अधिकार आयोगले गरिएका सिफारिस पनि १५ प्रतिशत मात्र कार्यान्वयन हुने अवस्था रहेको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयनको अवस्था पनि उस्तै रहेको देखिन्छ । सरकारमा रहेकाको कमी कमजोरी केलाएर सरकारलाई पारदर्शितामा लाग्न घच्घच्याउन हामी संयुक्त रूपमा लाग्नु पर्दछ । यस प्रतिष्ठानका संस्थापक अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी जीवित नेल्शन मण्डेला हुनु हुन्छ, उहाँ जस्तो सादगी व्यक्तित्व अब भेट्न कठिन हुने देखिन्छ । प्रतिष्ठानको एघारौं राष्ट्रिय सम्मेलन सफलताको लागि शुभकामना व्यक्त गर्दछु । 

कृष्ण प्रसाद भण्डारी–संस्थापक अध्यक्ष, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान:

हाम्रा प्राकृतिक सम्पदा, हिमाल, खनिजहरू विनाशको अवस्थामा रहेको अवस्था छ, त्यसको संरक्षणतर्फ हामी सबै लाग्नु पर्दछ । सतीदेवीको अङ्ग पतन भएको विश्वको भूभागमा हिन्दुस्तान छ, हामीकहाँ मृगस्थली, पशुपतिनाथ छन्, महादेव बस्नुभएको स्थान छ तर हाम्रा सन्तती रोजगारको लागि अरबियन मुलुकमा जानुपर्ने अवस्था जुन आएको छ त्यो दुर्भाग्यपुर्ण छ । रेमिट्यान्सकै कारण मुलुक चलेको अवस्था दुखद अवस्था छ । मानव अधिकार नाम मात्रको छ, सुर्वसाधारणले न्याय सहजै पाउन कठिन छ, सबै नेताहरू स्वर्थी भए, देशको अवस्था देख्दा दुःख लाग्छ, मानव अधिकारको रक्षा र सम्मानको लागि हामी अधिकारवादीहरू निरन्तर रुपमा सव्रिmय रहनु पर्दछ । प्रतिष्ठानको राष्ट्रिय सम्मेलन सफलताको लागि शुभकामना व्यक्त गर्दछु । 

प्रा. कपिल श्रेष्ठ– पूर्व सदस्य, राष्ट्रिय मानव अधिकार आयोेग:

प्रतिष्ठान स्थापना भएको २८ वर्ष पुगिसकेको छ । हामीसँग ऊर्जावान व्यक्तित्व वरिष्ठ अधिवक्ता कृष्णप्र्रसाद भण्डारी हुनुहुन्छ जो १०० वर्ष पुग्दा पनि अझैं केही गरौं भन्ने हुटहुटी छ । यसलाई मानव अधिकारको क्उचष्त भनिन्छ । प्रतिष्ठानको हाल नेतृत्वमा रहनुभएका भवानी प्रसाद खरेलकोे मानव अधिकार आन्दोलनमा ठूलो भूमिका रहेको छ, जुनसुकै संस्थामा रहँदा पनि पारदर्शी र नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेको छ । प्रतिष्ठान कुनैै पनि वैदेशिक सहयोग नलिइकन चलेको संस्था भन्न आफूहरूलाई गर्व महसुश हुन्छ । त्यसैले हामी अरुभन्दा फरक छौं, हामीले देखेको सपना पनि अरुभन्दा फरक छ । मानव अधिकार दर्शनहरूको पनि दर्शन, धर्महरूको पनि धर्म र शिक्षाको पनि शिक्षा हो, तर पनि हामीमा शिक्षा र संस्कृतिमा कार्यान्वयन भएन । लामो समय भइसक्दा समेत बृहत शान्ति सम्झौताका काम पूर्ण हुन सकेका छैनन् । यो छिटोे टुंगोमा पुग्न पर्दछ । मानव अधिकारकर्मीहरू सव्रिmय र सिर्जनशील हुनु पर्दछ, हामीलाई अझैं पनि चुनौती र आयामहरू थपिदै गएकोे र यसमा खबरदारी र साझेदारी गर्न छोड्न हुँदैन, प्रतिष्ठानको सम्मेलन सफलताको लागि शुभकामना व्यक्त गर्दछु । 

डा. सुन्दरमणि दीक्षित–संयोजक, शान्ति र विकासका लागि नागरिक समाज:

मानव अधिकारको कुरा गर्दा दूर दराजमा बस्ने नागरिकहरूको चरम गरिबीको अवस्था पनि मानव अधिकारको विषय हो, यसतर्फ सरकार र नागरिक समाजको ध्यानाकर्षण गराउन चाहन्छु । हामी लामो समयदेखि लोकतन्त्रको कुरा मात्र गर्दै आयौ, लोकतन्त्रले पेट भर्दैन । हाम्रो प्रणाली नै चिरफार गर्ने बेला आएको हो कि ? दुई तिहाइको बहानाका सरकारले हैकमवादी जस्तो सोच लिएको देखिन्छ, चुनाव जित्नको लागि अर्बौ खर्च गर्ने र त्यसका लागि भ्रष्टाचार गर्नैपर्ने अवस्था छ । ०६२ सालदेखि त यो झनै विकार भएको छ, त्यसैले हामी कार्यकारी प्रणालीतर्फ जानुपर्ने अवस्था आएको हो कि जस्तो लाग्न थालेको छ । विचारधाराको रुपमा जो जहाँ भए पनि हामी सबैले राष्ट्रको बारेमा सोच्नुपर्ने अवस्था आएको छ । स्वदेशी उत्पादन, कलकारखानाहरू धराशयी भइसकेको छ भने विकास संरचनाहरू पनि राणाकालीन अवस्थामा बाहेक खासै बन्न सकेको देखिदैन । केही बनेका पनि ऋण अनुदानमा बनेको र यो ५० वर्षको अवधिमा हाम्रो अवस्था झनै उधोगतितर्फ लाग्दै गएको छ । हाम्रा प्रतिभावान युवा पुस्ता विदेश पलायनले झनै विकराल अवस्था निम्त्याएको छ । हामी अधिकारकर्मीले जस्तो सुकै अवस्थामा पनि गलतलाई गलत भन्न डराउनुहुँदैन । मानव अधिकारको पक्षमा निरन्तर खवरदारी गरिरहनु पर्दछ । आफ्नै सीमित स्रोत र साधनबाट सञ्चालित यस प्रतिष्ठानको सम्मेलन सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । 

भारती सिलवाल गिरी– विज्ञ वरिष्ठ अधिकारकर्मी:

मानव अधिकार आन्दोलनका स्वर्गीय अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँहरूको अतुलनीय योगदानको स्मरण गर्न चाहन्छु । नेपालमा फरक फरक राजनीतिक व्यवस्था आइसक्दा समेत दलित, महिला, मधेशी, जनजाति लगायत सीमान्तकृत वर्गका लागि मानव अधिकारको प्रत्याभूत हुन नसकेकोतर्फ ध्यानाकर्र्षण गराउन चाहन्छु । सम्मेलनमा डा. गोपाल कृष्ण सिवाकोटीलाई सम्मानति गरेकोमा उहाँप्रति सम्मान व्यक्त गर्दैै उहाँलाई जाँतो लगाएको नभई उहाँको कर्मको उच्च सम्मान गरिएको हो । साथै प्रतिष्ठानले कुनै वैदशिक सहयोग नलिई मानव अधिकार अभियानमा निरन्तर लागिरहेकोमा उदाहणीय कामको लगि हार्दिक धन्यवाद दिन चाहन्छु । साथै आफ्नो तर्फबाट रु. ५० हजार रकम प्र्रतिष्ठानको अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । अहिले १६ दिने महिला हिंसा विरोधी अभियान चलिरहेको छ, हामी ३६५ दिन नै घरभित्र र बाहिर मानव अधिकार उल्लङ्घनको विषयमा बोल्न सक्ने हुनुपर्दछ । यसबारेमा प्रतिष्ठानको आगामी नयाँ नेतृत्वको ध्यानाकर्षण गराउन चाहन्छु । बालअधिकारविरुद्धको हिंसा, जलवायु परिवर्तनको विषय लगायतमा पनि प्रतिष्ठानले आगामी दिनमा एजेण्डा उठान गर्र्नुपर्ने र यसमा विषयविज्ञको अभाव हुने छैन । मानव अधिकारको पक्षमा तपाई हामीले निरन्तर आवाज उठाई रहनु पर्दछ । प्रतिष्ठानको सम्मेलन सफलतापूर्वक समपन्न होस, हार्दिक शुभकामना व्यक्त गर्दछु । 

डा. आनन्द प्रसाद आचार्य, पूर्व अध्यक्ष–राष्ट्रिय मानव अधिकार प्रतिष्ठान:

नेपालको मानव अधिकार आन्दोलनमा स्व. ऋषिकेश शाहको योगदान अतुलनीय रहेको छ, पञ्चायतकालदेखि प्रजातन्त्रसम्म ऋषिकेश शाहको कार्यसमितिमा बसेर काम गर्न पाएकोमा गौरवान्वित भएको छु । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका संस्थापक अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको लोकतन्त्र, न्याय र मानव अधिकारको क्षेत्रमा अतुलनीय योगदान रहेको छ । पञ्चायती व्यवस्थाको खुलेर विरोध गर्ने कार्यमा समेत भण्डारीजीको अहम् भूमिका रहेको थियो । तत्कालीन शासकले पञ्चायतको खुलेर विरोध गरेकोमा गोली हानी मार्ने धम्की दिँदा समेत भण्डारीजीले गोली हानेर मार्ने होइन वैचारिक ढंगले परास्त गर्नु चुनौती दिनुभएको थियो, उहाँको चुनौतिपूर्ण भनाइले शासकहरू दबावमा पर्ने गरेका थिए । विगत केही समयदेखि मानव अधिकार आन्दोलन अलि कमजोर देखिएको छ । अहिलेको शिथिलताप्रति सबैले चिन्ता व्यक्त गरेको पाइन्छ, लोकतन्त्र र भ्रष्टाचार विरुद्ध सबैले आवाज बुलन्द गर्नु पर्ने अवस्था आएको छ । मानव अधिकारको रक्षा र सम्मानको लागि हामी एक ढिक्का भएर लाग्नु पर्दछ । प्रतिष्ठानको सम्मेलन सफलतापूर्वक समपन्न होस, हार्दिक शुभकामना व्यक्त गर्दछु । 

स्टेला तामाङ, अध्यक्ष – राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक):

मानव अधिकारको क्षेत्रमा छुट्टै इतिहास बनाएको संस्था राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आफ्ना सदस्यहरूलाई सम्मान गरेकोमा धन्यवाद दिन चाहन्छु । संस्थाले आफ्नो भवन निर्माण कोष समेत स्थापना गरेको पाउदा खुसी लागेको छ, हामी सबैले दिने बानी बिर्सिसकेको जस्तो लागेकोमा प्रतिष्ठानको यस्तो व्रिmयाकलापले गौरवान्वित बनाएको छ । डा.गोपाल कृष्ण सिवाकोटीलाई सम्मान गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिन चाहन्छु । हामीले परिवर्तन ल्यायौं तर अहिले फेरि पहिलेको व्यवस्था नै ठीक हो कि भन्ने पनि अवस्था आएको छ । व्यक्तिको गल्तीका कारण सिस्टम ठीक नभएको हो कि भन्ने पनि सोच्नुपर्ने बेला आएको छ । मानव अधिकारको इतिहास भित्र महिला, जनजाति, दलित र मधेशी सबै अट्नु पर्दछ । यो सम्मेलन महिला हिंसा विरुद्धको १६ दिने अभियानको समयमा भइरहेकाले यसको अर्थ अझैं महत्वपूर्ण हुने मैले आसा राखेकी छु, सम्मेलन सफलताको कामना गर्दछु ।

डा. गोपाल कृष्ण सिवाकोटी, अध्यक्ष–इन्हुरेड इन्टरनेशनल:

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको एघारौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा आफूलाई सम्मान गरी भारी बोकाएको महशुस भएको छ । बाराक ओबामालाई पनि पहिलो कार्यकालमा नै नोबेल शान्ति पुरस्कार दिइएको थियो, यो उनले कुनै उल्लेखनीय काम गरेकाले होइन कि नराम्रो काम नगरोस् भनेर दिइएको थियोे । सम्मानले आफूलाई पनि अझैं थप काम गर्ने नयाँ जवानी, जोश भर्नुपर्ने भएको छ ।

अहिले हामी महिला हिंसा विरुद्धको १६ दिने अभियानको व्रmममा छौं । अफगानीस्तानमा महिलाले ६ कक्षा भन्दा माथि पढ्न नपाउने अवस्था छ । बंगलादेश १० लाख रोहिङ्गा शरणार्थीलाई पालेर बसेको छ । नेपालमा केही रोहिङ्गा शरणार्थी आउँदा हामी कोकोहोलो गरिरहेका छौं । मानव अधिकार उल्लङ्घनका घटनाप्रति राज्य उदासिन देखिएको अवस्था छ । मानव अधिकारको राप र ताप अहिले खुम्चिदै गएको छ । पहिलो र दोस्रो पुस्ताको मानव अधिकारको विषय लगभग सकिएको अवस्था छ । अबको मानव अधिकारको मूल विषय जलवायु, वातावरणतर्फ हुन जरुरी छ । अहिले हिमताल विष्फोटन र हिमालको अवस्था भयावह छ, अबको ७५ वर्षपछि के होला भनेर अभियान वकालत गर्न सकिएन भने मानव अधिकार आन्दोलन पछि पर्दछ । संव्रmमणकालीन न्यायको लामो सङ्घर्षपछि हामी पछाडि फर्कन सक्दैनौ । यसैै भित्र पीडितको न्याय खोज्नुपर्दछ । १६ दिने अभियान चलिरहँदा हामीले हिंसा सहन्न र गर्दिन भन्न सक्नुपर्दछ । हिंसामा शुन्य सहनशीलता हुनुपर्दछ । अपमानलाई समेत आनन्द मान्ने अवस्था सिर्जना भयो भने मानव अधिकारको अवस्था थप जटिल बन्न सक्दछ । यस वर्षको शान्ति र मानव अधिकार राष्ट्रिय सम्मान–२०८१ बाट मलाई सम्मान गरेकोमा प्रतिष्ठान परिवारप्रति आभार प्रकट गर्दै सममेलन सफलताको लागि शुभकामना व्यक्त गर्दछु । 

डा. कुन्दन अर्याल - अध्यक्ष, इन्सेक:

मनव अधिकारको कुरा गर्दा विश्वव्यापी अवधारणा सरकारका निकाय लगायतलाई थाहा नभएको अवस्था प्र्रजातन्त्रमा पनि थियो । अहिलेको अवस्था बदलिएको छ, समाज बदलिँदो छ । अबको मानव अधिकार भनेको वातावरण, जलवायु लगायतको अवस्था पनि हो । दुई दशकदेखि द्वन्द्वलाई टुङ्ग्याउने गरी केही काम भएको छ । संव्रmमणकालीन न्यायलाई टुङ्ग्याउन उपयुक्त आयोग बनोस्् । मानव अधिकार समय सन्दर्भ परिवर्तन भएको छ, हामी निराशाको मात्र कुरा नगरौँ, आशा र अवसरको पनि कुरा गरौं, धेरै राम्रा कुराहरू पनि भएका छन् । प्रतिष्ठानको एघारौ राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न होस्, हार्दिक शुभकामना दिन चाहन्छु । 

प्रमोद कुमार अग्रवाल – अध्यक्ष, मारवाडी सेवा समिति नेपाल:

विभिन्न कालखण्डमा हामीले ७ वटा संविधान हे¥यौ, फेरि अर्को संविधानको परिकल्पना गर्नुपर्ने अवस्था आएको हो कि भन्ने लागेको छ । अर्को पुस्ताले पनि आफ्नो अधिकारका निमित्त लड्नु पर्ने अवस्था नआओस् भन्ने तर्फ हामी सचेत हुनु पर्दछ । हालको अर्थतन्त्रले अब १० वर्ष पनि देशको सार्वजनिक खर्च धान्न सक्ने अवस्था देखिदैन । अहिले देशको सभ्यता र संस्कृतिमाथि आव्रmमण हुने अवस्था सिर्जना भएको छ, हाल उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्ने वातावरण छैन् । आर्थिक व्रmान्तिविना देश विकासको कल्पना गर्न नसकिने भएकाले मारवाडी समुदायलाई धपाउने अवस्थाले कसरी मानव अधिकार कायम रहन्छ ? आज मारवाडी समुदायमाथि भएको आव्रmमण भोलि अर्को समुदायमा नहोला भन्न सकिन्न । मारवाडी समुदायप्रति भएकोे ज्यादतीको विषयमा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले सकारात्मक धारणा राखेकोमा धन्यवाद दिन चाहन्छु, साथै सम्मेलन सफलताको लागि शुभकामना व्यक्त गर्दछु । 

छिरिङ निमा – सल्लाहकार, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान:

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानप्रति गर्व गर्दछु । आफ्नो स्थापनाकालदेखि हालसम्म वैदेशिक सहयोग विना संस्था र सामाजिक अभियान निरन्तर रूपमा चलिरहनु सामान्य विषय होइन, यस संस्थाको सदस्य हुनुमा आफूलाई गर्व लागेको छ । विगतमा विदेशी नियोग÷दाताहरूले प्रतिष्ठानलाई आर्थिक सहयोग गर्न आफू समक्ष प्रस्ताव गरेको तर संस्थाले वैदेशिक सहयोग नलिने नीति रहेको जानकारी गराएको स्मरण गर्र्र्दै प्रतिष्ठानका सामाजिक कार्यव्रmम, अभियानहरूमा सहयोग गर्न पाउदा खुसी लागेको छ । आगामी दिनमा समेत मेरो साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु । सम्मेलन सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ, । 

भवानी प्रसाद खरेल - अध्यक्ष, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान:

डा.गोपाल कृष्ण सिवाकोटी जस्तो विश्वव्यापी रूपमा परिचित वरिष्ठ अधिकारकर्मीलाई प्रतिष्ठानले सम्मानित गर्न पाउँदा खुसी लागेको छ । अग्रज मानव अधिकारकर्मीहरू ऋषिकेश शाह, पारिजात, पदमरत्न तुलाधर, दमननाथ ढुङ्गाना, सुशिला कार्की, प्रदिप गिरी, प्रा. कपिल श्रेष्ठ, भारती सिलवाल गिरी जस्ता व्यक्तित्वको संगतले गर्दा आफू मानव अधिकार अभियानमा अझैं प्रखर भएर लागेको र प्रतिष्ठानको उपमहासचिव, महासचिवदेखि अध्यक्षसम्मको भूमिकामा काम गर्न पाउदा खुसी लागेको छ । मानव अधिकार यात्रामा साथ र सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गर्दछु । वैदेशिक सहयोगमा संचालित संस्थाहरू आपसी स्वार्थका कारण संस्था र मानव अधिकार अभियान नै छिन्नभिन्न हुने गरेको कारण प्रतिष्ठानले कुनै पनि वैदेशिक सहयोग नलिई संस्थाको सीमित स्रोत र साधनको भरमा आफ्ना अभियानहरू सञ्चालन गरिरहेको छ ।

प्रतिष्ठान नितान्त स्वयंसेवी संस्थाको रूपमा कार्यरत रहेको र केन्द्रीय कार्यसमिति, सल्लाहकार, प्रतिष्ठानका शाखा, संस्थापक एवं आजीवन सदस्यहरू र अन्य सदस्यहरूले निस्वार्थ रूपमा गर्नु भएको निरन्तरको सहयोगबाट नै संस्थाका अभियानहरू सञ्चालन भैरहेकाले महत्तवपूर्ण योगदान गर्नुहुने सदस्यहरूलाई आज सम्मान गरिएको छ । विज्ञ वरिष्ठ अधिकारकर्मी भारती सिलवाल गिरीले प्रतिष्ठानको कोष वृद्धिका लागि रु. ५० हजार सहयोग गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यो रकम संस्थाको संचित कोषमा जम्मा गरिने छ । राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सहभागि प्रमुख अतिथि, अतिथिहरू लगायत समस्त मान्यवरहरूलाई हर्दिक धन्यवाद ज्ञापन गर्दै समापन समारोह सम्पन्न भएको घोषणा गर्दछु । 

कदर सम्मान:

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको एघारौं राष्ट्रिय सम्मेलन र प्रतिष्ठानको मानव अधिकार तथा सामाजिक अभियानमा निरन्तर रुपमा महत्वपूर्ण योगदान गर्नु हुने तपशिलका शाखा एवम् सदस्यहरूलाई कदर सम्मान–पत्र प्रदान गरिएको थियो । 

श्रीमती सोनाम शेर्पा, अनुराधा जोशी, छिरिङ निमा, पासाङ तामाङ, प्रदिप श्रेष्ठ, चेङा छिरिङ शेर्पा, डा. रुपक प्रसाद खनाल, लक्ष्मणनाथ उप्रेती, चन्द्र माया लामा, कुसाङ शेर्पा, रुपन्देही शाखा परिवार, अब्दुल हमिद खान, मिलन प्रसाद न्यौपाने, लोक बहादुर स्वर्णकार, मिङमा डुन्डु, उमा रौनियार, राम महर्जन, श्याम किशोर श्रेष्ठ, प्रमोद कुमार अग्रवाल, कैलाश चन्द्र गोयल, सुरेश घिसिङ, सार्की शेर्पा, किशोर तामाङ, थुप्तेन टासी लामा, रिन्छिन शेर्पा, फुर्वा शेर्पा, ङवाङ लामा, तेन्जीन शेर्पा, पेमा तामाङ, लेख बहादुर थापा, सुभास सिजापति, मान बहादुर लामा, सानुराजा कार्की, डा. धर्मेन्द्र कुमार शाह, वाङ छिरि शेर्पा, सुमिना गुरुङ, राम धन श्रेष्ठ, डिल्लीराम मैनाली, भक्तपुर शाखा परिवार, अनवर आलम अन्सारी, दाङ शाखा परिवार, बारा शाखा परिवार, खेम नेपाली, नर्बदा खरेल (निरु), कमल प्रसाद नेपाल, माधव प्रसाद भुषाल, विकास कुमार अग्रवाल, बालकृष्ण ध्वजु, मदनमान मर्हजन, राम कृष्ण महर्जन, खिलराज खरेल, चतुर्भुज अग्रवाल, ठाकुर प्रसाद गौतम, कपिलवस्तु शाखा परिवार, लुम्बिनी प्रदेश समिति, नरेन्द्र कुमार गुप्ता, कुमारी बाठा मगर, शम्भु कुमार लामा, कमलेश कुमार रतेरिया, गोविन्द प्रसाद अग्रवाल, रामचन्द्र कँडेल, राजेन्द्र कुमार अग्रवाल, सुनसरी शाखा परिवार, झापा शाखा परिवार, राज कुमार गुरुङ, तेन्जिन डोल्मा, सन्तोष पन्त, प्रेमलाल महर्जन, हेमन्तराज मरासिनी, राजन चुडाल, खगेश्वर गिरी, फणिन्द्र अधिकारी, ङवाङ डोल्मा शेर्पा, अस्मिता तामाङ, ध्रुव गौतम, सन्जु महर्जन, प्रकाश महर्जन, न्हुच्छे बहादुर महर्जन, सुरेश नेमकुल, रमेश महर्जन, लक्ष्मी महर्जन, मन्जु कुमारी अधिकारी, सुनिल कुमार साह, टिलेन्द्र पुरुष ढकाल, कशोर कुमार साह, कर्ण लामा, विनोद प्रसाद सर्राफ, मंगल लाल तामाङ र अधिवक्ता समसुदीन हवारीलाई कदर–सम्मान पत्र प्रदान गरिएको थियो । 

सम्मेलनमा महासचिव हरिचन्द्र भट्टराईले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सोनाम शेर्पाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आगामी वर्षको अनुमानित बजेट र कार्यव्रmम पारित भएको छ । साथै आ.व. २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने अधिकार केन्द्रीय कार्यसमितिलाई दिने निर्णय भएको छ । 

सभाबाट राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको विधान, २०५३ (दोस्रो संशोधन सहित) को दफा १८ (३) बमोजिम विधान संशोधनका लागि केन्द्रीय कार्यसमितिले एघारौं राष्ट्रिय सम्मेलन (साधारणसभा) समक्ष प्रस्तुत ३ महले विधान सर्वसम्मत पारित भएको छ ।

सम्मेलनबाट प्रतिष्ठानको विधान बमोजिम प्रतिष्ठानका संस्थापक सदस्य भवानी प्रसाद खरेलको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । निर्वाचन अधिकृत अधिवक्ता रन बहादुर थेवेले विजयी प्रमाणपत्र प्रदान गर्नु भएको थियो । 

नव–निर्वाचित कार्यसमिति:

पद नाम ठेगाना (जिल्ला)
अध्यक्षभवानी प्रसाद खरेलकाठमाडौँ
उपाध्यक्षलक्ष्मण नाथ उप्रेतीकाठमाडौँ
उपाध्यक्षराज कुमार गुरुङललितपुर
उपाध्यक्षडा. रुपक प्रसाद खनालझापा
महासचिवहरिचन्द्र भट्टराईताप्लेजुङ
उपमहासचिवघमान तामाङरामेछाप
कोषाध्यक्षश्रीमती सोनाम शेर्पाकाठमाडौँ
सदस्यटोपनाथ न्यौपाने ‘नवराज’गोरखा
सदस्यअनुराधा जोशीललितपुर
सदस्यप्रदिप श्रेष्ठललितपुर
सदस्यचेङा छिरिङ शेर्पासिन्धुपाल्चोक
सदस्यपासाङ तामाङकाठमाडौँ
सदस्यउमा कान्ती खत्री (अर्चना)रुपन्देही

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको बिधान बमोजिम नियमित वार्षिक साधारणसभाको कार्य सम्पन्न गर्ने गरी राष्ट्रिय सम्मेलनबाट २१ सदस्यीय केन्द्रीय परिषद् सर्वसम्मत चयन÷गठन गरिएको छ । नव गठित केन्द्रीय परिषद्ले अर्को परिषद् गठन नभएसम्म काम गर्ने छ । सर्वसम्मत गठन भएको केन्द्रीय परिषद् सदस्यहरूलाई निर्वाचन अधिकृत अधिवक्ता रन बहादुर थेवेले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

क्र.स नाम जिल्ला
डिल्लीराम मैनालीझापा
इन्दिरा चुडाल खरेलकाठमाडौँ
राधाकृष्ण भण्डारीभक्तपुर
प्रमोद कुमार अग्रवालकाठमाडौँ
कुमारी बाठा मगररुकुम
आलोक रौनियारकाठमाडौँ
लोक बहादुर स्वर्णकारदाङ
मिलन प्रसाद न्यौपानेभक्तपुर
सोनाम याङ्जी शेर्पाकाठमाडौँ
१०अनवर आलम अन्सारीबारा
११डा. कमल प्रसाद लिम्बुसुनसरी
१२तृष्णा खरेलकाभ्रेपलान्चोक
१३खिलराज खरेलकाठमाडौँ
१४रामकृष्ण मर्हजनललितपुर
१५फणिन्द्र अधिकारीसुनसरी
१६लिलाराज शर्मा पौड्यालकाठमाडौ
१७सोनाम जाङ्बु शेर्पासोलुखुम्बु
१८सावित्रा न्यौपानेरुपन्देही
१९सार्की शेर्पाओखलढुंगा
२०अस्मिता तामाङकाठमाडौँ
२१बालिका शिवाकोटीदोलखा

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको केन्द्रीय कार्यसमिति र केन्द्रीय परिषदको निर्वाचन सफलतापुर्वक सम्पन्न गरिदिनु भएकोमा निर्वाचन अधिकृत अधिवक्ता रन बहादुर थेवेलाई कदरपत्र सहित सम्मान गरिएको थियो । राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा केन्द्रीय कार्यसमितिका सदस्य अनुराधा जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन महासचिव हरिचन्द्र भट्टराई र उपमहासचिव घमान तामाङले गर्नु भएको थियो । 

सम्मेलनको समापन गर्दै अध्यक्ष भवानी प्रसाद खरेलले राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको एघारौं राष्ट्रिय सम्मेलन (साधारणसभा) सफलतापूर्वक सम्पन्न गर्न÷गराउन महत्वपूर्ण योगदान गर्नुहुने केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, सल्लाहकार, प्रदेश तथा शाखा प्रतिनिधि, संस्थापक, आजीवन सदस्यहरू, कर्मचारी, स्वयंसेवक लगायत सहभागि सबैमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दै प्राप्त अध्यक्षको जिम्मेवारी निष्ठापूर्वक पुरा गर्ने प्रतिवद्धता जाहेर गर्दै सम्मेलन सम्पन्न भएको घोषणा गर्नु भएको थियो । 


Share:
मानव अधिकारको रक्षा एवं सम्मान गरौं...!

Recent Posts

Popular Posts

Featured Post

जेन–जी आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे–प्रेस वक्तव्य

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान National Human Rights Foundation (HURFON) केन्द्रीय कार्यसमिति, सल्लाहकार, शाखा अध्यक्ष/प्रतिनिधि समेतको बै...

Thanks For Visiting

“Human rights, the foundation of freedom, justice and peace, are not a privilege but a dignity that must be respected.”