आजीवन सदस्यताको लागि आह्वान !
राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको २९ औं स्थापना दिवस
(८ फागुन) को अवसरमा संस्थाको आजीवन सदस्यता खुला गरिएको छ, मानव अधिकार तथा सामाजिक क्षेत्रमा सक्रिय साथीहरूलाई आजीवन सदस्यताको लागि प्रोत्साहन एवं सिफारिस गर्न प्रतिष्ठानका प्रदेश संयोजक / जिल्ला शाखा अध्यक्ष, पदाधिकारी, केन्द्रीय समिति, सल्लाहकार एवं आजीवन सदस्यहरुलाई हार्दिक अनुरोध गरिन्छ । सस्थाको सदस्यता बिस्तार एवं कोष वृद्धि अभियानमा महत्त्वपूर्ण योगदान गर्नुहुने साथीहरूलाई उचित समयमा कदर-सम्मान हुनेछ । स्थापना दिवसका अवसरमा सबै साथीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।तपाईंको
भवानी प्रसाद खरेल-अध्यक्ष
9851077570
घमान तामाङ-महासचिव
श्रीमती सोनाम शेर्पा-कोषाध्यक्ष
( मिति : २०८२ फागुन ५)



