Press Statement

 रौतहट-शान्ति, सद्भाव कायम राख्न अपिल

मितिः २०८२।११।०९ गते ।

निर्वाचनको मुखैमा रौतहट जिल्लामा उत्पन्न साम्प्रदायिक हिंसा, तोडफोड, आगजनीको घटनाप्रति राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएकोछ । प्रतिष्ठान यस प्रकारका घटनाको निन्दा र भ्रत्सना गर्दछ । सबैले, सबैको कला, धर्म र संस्कृतिको सम्मान गर्नु पर्दछ, कुनै पनि समुदायको धार्मिक एवं सांस्कृतिक आस्थामा चोट पुग्ने प्रकारका गतिबिधि गरिनु हुदैन । रौतहट घटनामा कानुन हातमा लिने जोकोहीलाई तत्काल कारवाही गर्न र आइन्दा यस प्रकारका घटना हुन नदिने तर्फ भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रतिष्ठान नेपाल सरकार समक्ष माग गर्दछ । साथै सबै प्रकारका विरोधका कार्यक्रमको अन्त्य गरि वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न एवं शान्ति, सद्भाव कायम राख्न राष्ट्रिय मानव अधिकार प्रतिष्ठान हिन्दु एवं मुस्लिम समुदाय समक्ष हार्दिक अपिल गर्दछ।

राजनीतिक दल/उमेद्वारहरुमा अपिल

मितिः २०८२।११।०९

मतदाताहरुलाई आफ्‌नो पक्षमा पार्न गरिने निर्वाचन प्रचार, प्रसार स्वस्थ, शान्तिपूर्ण र मर्यादित हुन पर्दछ, प्रचार प्रसारका क्रममा एक आपसमा नानाथरीका आरोप लगाउने, गालीगलौज गर्ने, दलहरुका झण्डा र प्रचार सामग्री च्यात्ने, कार्यालय तोडफोड गर्ने र आपसमा भिडन्तको अवस्था सिर्जना गर्ने जस्ता कार्य गरिनु स्वस्थ प्रतिस्पर्धा हुन सक्क्तैन, यस्तो गतिबिधिले कसैलाई लक्ष्यमा पुग्न सहयोग गर्दैन, यो अराजक गतिबिधि हो, त्यसैले निर्वाचन प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उमेद्वारहरु, नेता, कार्यकर्ता, सहयोगी र नागरिकहरुका क्रियाकलाप समेत लोकतन्त्रको मुल्य र मान्यता अनुरुपका हुन पर्दछ । निर्वाचन प्रचार, प्रसार शान्तिपूर्ण वातावरणमा मर्यादित तवरले संचालन गर्न प्रतिष्ठान समस्त दल, उमेद्वार लगायत संलग्न सबैमा हार्दिक अपिल गर्दछ ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान




Share:
मानव अधिकारको रक्षा एवं सम्मान गरौं...!

Recent Posts

Popular Posts

Featured Post

जेन–जी आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे–प्रेस वक्तव्य

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान National Human Rights Foundation (HURFON) केन्द्रीय कार्यसमिति, सल्लाहकार, शाखा अध्यक्ष/प्रतिनिधि समेतको बै...

Thanks For Visiting

“Human rights, the foundation of freedom, justice and peace, are not a privilege but a dignity that must be respected.”---HURFON