बारा शाखाको साधारणसभा सम्पन्न



राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बारा जिल्ला शाखाको नियमित वार्षिक साधारणसभा र बनभोज कार्यक्रम मङ्सिर ६ गते सम्पन्न भएको छ । शाखा अध्यक्ष मनकुमारी लामाको अध्यक्षतामा सम्पन्न सभाबाट वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन लगायत पारित भएको छ । कार्यक्रम संचालन सचिव टिलेन्द्र पुरुष ढकालले गर्नु भएको थियो । कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार, आजीवन एवं सक्रिय सदस्यहरुको सहभागिता रहेको थियो । 



साधारणसभा र बनभोज कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा बारा जिल्ला शाखा परिवारमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछौ ।


केन्द्रीय समितिको तर्फबाट 

घमान तामाङ 

महासचिव 

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान

Share:
मानव अधिकारको रक्षा एवं सम्मान गरौं...!

Recent Posts

Popular Posts

Featured Post

जेन–जी आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे–प्रेस वक्तव्य

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान National Human Rights Foundation (HURFON) केन्द्रीय कार्यसमिति, सल्लाहकार, शाखा अध्यक्ष/प्रतिनिधि समेतको बै...

Thanks For Visiting

“Human rights, the foundation of freedom, justice and peace, are not a privilege but a dignity that must be respected.”---HURFON