HURFON Picnic 2082

वनभोज सम्पन्न !

 राष्ट्रिय मानव अधिकार प्रतिष्ठान परिवारको वनभोज मिति २०८२ जेठ ३ गते ललितपुर जिल्लाको   बिशङ्खुनारायणमा सफलतापुर्बक सम्पन्न भएको छ । वनभोज सम्पन्न गर्न गराउन सहयोग, सहकार्य र योगदान गर्नुहुने समस्त सहभागी प्रतिष्ठान परिवारमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु । प्रतिष्ठानको ललितपुर शाखाको उत्कृष्ट संयोजन र व्यवस्थापनका लागि शाखा अध्यक्ष मदनमान महर्जन र साथीहरुमा आभार व्यक्त गर्दछु ।  

भवानी प्रसाद खरेल
 अध्यक्ष राष्ट्रिय मानव अधिकार प्रतिष्ठान 
मिति: २०८२ जेठ ३ गते

 











Share:

HR National Magna Meet Award

सम्मान : राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेल "मानव अधिकार राष्ट्रिय महाभेला कदर-सम्मान २०७५" ग्रहण गर्दै,  साथमा नेपाल सरकारका तत्कालीन उपप्रधानमन्त्री मा. इश्वर पोखरेल, NHRC का तत्कालीन अध्यक्ष पुर्व प्रधानन्यायाधीश मा. अनुपराज शर्मा समेत । (२०७५ मङ्सिर) 




Share:

HURFON Membership Notice

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको सक्रिय एवं आजीवन सदस्यत लिन इ्च्छुक व्यक्तिहरुले प्रतिष्ठानको केन्द्रीय कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरीन्छ । 

📄 Download HURFON Membership Form (PDF)








राष्ट्रिय मानव अधिकार प्रतिष्ठान

National Human Rights Foundation (HURFON)

Central Office, Kathmandu 10, New Baneshwor

Binayak Nagar, Kathmandu, Nepal

P.O.Box: 6601, Tel: 01-5172727, Cell: 977-9851077570

Emai:  hurfon.nepal@gmail.com

www.facebook.com/hurfon.nepal

URL: www.hurfon.org.np

Share:

७७ औं विश्व मानव अधिकार दिवस सम्पन्न

 ७७ औं मानव अधिकार दिवस सम्पन्न  ! 



७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस एवं १७ औं मानव अधिकार राष्ट्रिय महाभेला सम्पन्न भएकोछ । ८ डिसेम्बर देखि १४ डिसेम्बर सम्म मुलुकभर विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।  ।

१० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौमा आयोजित प्रभातफेरीमा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको केन्द्रीय समिति, काठमाडौ, ललितपुर र बौद्ध शाखाका पदाधिकारी सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो, मानव अधिकार दिवसको अवसरमा प्रतिष्ठान का शाखाहरु दाङ, कपिलवस्तु, रुपन्देही, झापा, बाराले शान्ती यात्रा, मानव अधिकार शिक्षा कार्यक्रम लगायत सम्पन्न गरेका छन भने १२ डिसेम्बरका दिन बौद्ध शाखाले बौद्ध स्तुपा परिसरमा शान्ति दीप प्रज्ज्वलित गरि विश्व शान्तिको कामना गरेको छ   । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान मानव अधिकार महाभेला आयोजक सस्थाको रुपमा २०६६ साल देखि नै आवद्ध रहेको छ । यस वर्षको अन्तर्राष्ट्रिय नारा "मानव अधिकार, हामी सबैको अपरिहार्य आधार" रहेको छ ।






















Share:

बारा शाखाको साधारणसभा सम्पन्न



राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बारा जिल्ला शाखाको नियमित वार्षिक साधारणसभा र बनभोज कार्यक्रम मङ्सिर ६ गते सम्पन्न भएको छ । शाखा अध्यक्ष मनकुमारी लामाको अध्यक्षतामा सम्पन्न सभाबाट वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन लगायत पारित भएको छ । कार्यक्रम संचालन सचिव टिलेन्द्र पुरुष ढकालले गर्नु भएको थियो । कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार, आजीवन एवं सक्रिय सदस्यहरुको सहभागिता रहेको थियो । 



साधारणसभा र बनभोज कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा बारा जिल्ला शाखा परिवारमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछौ ।


केन्द्रीय समितिको तर्फबाट 

घमान तामाङ 

महासचिव 

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान

Share:

जेन–जी आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे–प्रेस वक्तव्य

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान

National Human Rights Foundation (HURFON)

केन्द्रीय कार्यसमिति, सल्लाहकार, शाखा अध्यक्ष/प्रतिनिधि समेतको बैठकको निर्णय...


आज मिति २०८२ साल कार्तिक २१ गतेका दिन राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, केन्द्रीय कार्यसमितिका अध्यक्ष श्री भवानी प्रसाद खरेलको अध्यक्षतामा प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति, सल्लाहकार, उपत्यका भित्र कार्यरत प्रतिष्ठानका शाखा अध्यक्ष÷प्रतिनिधि समेतको बैठकबाट निम्न लिखित प्रस्तावहरूमा छलफल गरी देहाय बमोजिमको निर्णयहरू गरियोे ।

छलफलका प्रस्तावहरू:

१) २०८२ भाद्र २३ र २४ को जेन–जी आन्दोलन, नरसंहार, विध्वंश, सो पश्चात विकसीत राजनीतिक अवस्था ।

२) लोकतन्त्र र मानव अधिकारको रक्षा र सम्मानका लागि प्रतिष्ठानको आगामी भूमिका ।



निर्णयहरु:

१. विशेष गरेर सुशासन कायम गर्न र सामाजिक सञ्जालमा लगाएको बन्देज तत्काल हटाउन  माग गर्दै जेन–जी पुस्ताले आह्वान गरेकोे विरोध प्रदर्शनका क्रममा २०८२ भाद्र २३ र २४ गते काठमाडौँ उपत्यका र देशका विभिन्न स्थानमा सुरक्षाकर्मीको गोली, आगजनी समेतबाट प्रदर्शनकारी, प्रहरी, कैदी बन्दी समेत ७६ नागरिकको ज्यान गएको छ, हजारौं प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन, अवसरको पर्खाइमा रहेका स्वार्थ समूहले सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत, विभिन्न सरकारी भवनहरू, तारे होटेल, हजारौं संख्याका निजी तथा व्यवसायिक प्रतिष्ठान, भवन, सवारी साधनहरूमा भएको व्यापक तोडफोड, लुटपाट र आगजनीबाट सिंगो मुलुक तहसनहस भएको छ, प्रहरीका ठूलो संख्याका हातहतियार र गोली लुटिएका छन, जेल तोडेर ठूलो संख्याका कैदी बन्दीहरू भागेका छन्, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान यो कहालि लाग्दो घटनाको धोर निन्दा, भ्रत्सना र दुख प्रकट गर्दछ । यस घटनाले सारा नेपालीलाई मर्माहत तुल्याएको छ । आन्दोलनका क्रममा ज्यान गुमाउनु भएका जेन–जी शहिद, युवा, विद्यार्थी, नागरिक र प्रहरीहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइते हुनुभएकाहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरियो ।

आन्दोलन उग्र एवं अनियन्त्रित वनेपछि प्रधानमन्त्री के पी शर्मा ओली पद त्याग गरि नेपाली सेनाको सुरक्षामा बस्न बाध्य भए । मुलुक अत्यन्तै कठिन अवस्थामा रहेको समयमा नेपाली सेनाको समन्वयकारी सहयोगमा राष्ट्रपति रामचन्द्र पौडेलबाट जेन–जी प्रतिनिधि र दलहरु समेतको परामर्शमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको र आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारी भैरहेको अवस्था छ । कतिपय दल र समुहहरुले बिभिन्न माग राखि आन्दोलनको घोषणा गरेबाट थप अन्यौल र आशंका उत्पन्न भएको छ । इतिहासकै कठिन र संवेदनशील अवस्थामा सिंगो मुलुक एक ढिक्का भएर सबै प्रकारका समस्याहरू शान्ति र अहिंसाको माध्यमबट समाधान खोजिनु पर्दछ । यसबारेमा सरकारले तत्काल वार्ताकोलागि उचित वातावरण तयार गर्नु पर्दछ । जेन–जी पुस्ताले उठाएका आवाज र राखेका मागहरु उपर राज्यका सबै निकायहरु गम्भिर र संवेदनशील हुन पर्दछ । भाद्र २३ र २४ को नरसंहार र विध्वंसको स्वतन्त्र, निष्पक्ष एवं पारदर्शी रुपमा उच्चस्तरीय छानबिन गरि दोषीलाई कानुनी दायरामा लियाउन पर्दछ ।

नेपाल सरकार, जिम्मेवार राजनीतिक दलहरू, विभिन्न समूहमा रहेका जेन–जी पुस्ता, आन्दोलन घोषणा गरेका विभिन्न दल तथा समूहहरू, जन–प्रतिनिधि, सामाजिक अभियन्ता, नागरिक समाज, सुरक्षा निकाय र सर्वसाधारण नागरिकहरू सबैमा कुनै पनि प्रकारका उत्तेजना फैलाउने काम कारबाही नगर्न, आपसी मित्रता, शान्ति, सद्भाव कायम राख्न हार्दिक अपिल गर्ने निर्णय गरियो ।

२) लोकतन्त्र र मानव अधिकारको रक्षा र सम्मानको लागि राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले निरन्तर रूपमा अनुगमन, खबरदारी र पहरेदारी गर्ने निर्णय गरियो ।

भवानी प्रसाद खरेल

अध्यक्ष 

(मिति : २०८२ कार्तिक २१ गते)

Share:

शुभकामना कार्यक्रम सम्पन्न



दशै, तिहार लगायतका राष्ट्रिय चाडपर्वहरुको अवसरमा मिति २०८२ असोज ९ गते राष्ट्रिय मानव अधिकार प्रतिष्ठान भक्तपुर जिल्ला शाखाको आयोजनामा शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर शाखा अध्यक्ष प्रा। डा। इरा शर्मा, केन्द्रीय समितिका अध्यक्ष भवानी प्रसाद खरेल, महासचिव घमान तामाङ, केन्द्रीय समितिका सदस्य राधाकृष्ण भण्डारी, निवर्तमान महासचिव एवं सल्लाहकार हरिचन्द्र भट्टराई, भक्तपुर जिल्ला समितिका उपाध्यक्ष मिलन प्रसाद न्यौपाने, सचिव सानुराजा कार्की र युवा सदस्य रोनिस्का भट्टराई लगायतले जेन(जी आन्दोलनका क्रममा भाद्र २३ को नर संहार र २४ को विध्वंस, वर्तमान अवस्थामा विकसित राजनीतिक अवस्था, मानव अधिकारको संरक्षण, शान्ति र सुशासन लगायका बिषयमा छलफल भएको थियो ।

समयसापेक्ष कार्यक्रमको आयोजना गर्नु भएकोमा भक्तपुर शाखा परिवारप्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौ।

घमाना तामाङ 

महासचिव

Share:

चिर शान्तिको कामना !




Generation-Z आन्दोलनका क्रममा ज्यान गुमाउनु भएका सहिदहरुको आत्मालाई शान्ति मिलोस भनि  २०८२ असोज ६ गते साझ बौद्ध स्तुपामा दीप प्रज्वलित गरि चिर शान्तिको कामना सहित श्रद्धाञ्जली अर्पण गरियो, साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरियो । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बौद्ध शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा बौद्ध शाखा अध्यक्ष पासाङ तामाङले सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो, कार्यक्रममा प्रतिष्ठानको केन्द्रीय कार्यसमितिका अध्यक्ष भवानी प्रसाद खरेल, महासचिव घमान तामाङ, कोषाध्यक्ष सोनाम शेर्पा, सल्लाहकार छिरिङ निमा, केन्द्रीय परिषद सदस्य इन्दिरा चुडाल खरेल, काठमाडौ शाखाका उपाध्यक्ष श्याम किशोर श्रेष्ठ, बौद्ध शाखाका पदाधिकारी सदस्य, आजीवन सदस्यहरु, बौद्ध धर्म गुरुहरु लगायत सर्वसाधारण समेतको सहभागिता रहेको थियो । 



महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्नु भएकोमा बौद्ध शाखा अध्यक्ष पासाङ तामाङ र पदाधिकारी, सदस्यहरुलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौ । 


घमान तामाङ 

महासचिव-केन्द्रीय कार्यसमिति

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान

Share:

अन्तरिम सरकार गठन गरियोस

 प्रेस वक्तव्य २०८२ भाद्र २४


Share:

सरकार/राज्य गैरजिम्मेवार हुन मिल्दैन!

निरंकुशता कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन ।



मितिः २०८२।०५।२३

भ्रष्टचार, बेथिति, सामाजिक संजाल बन्द लगायत विरुद्ध जेन–जी पुस्ताले आवाहन गरेकोे बिरोध प्रदर्शनका क्रममा काठमाडौ उपत्यका र देशका बिभिन्न स्थानमा दर्जन बढी नागरिकको ज्यान गएको, सयौ पदर्शनकारी र सुरक्षाकर्मी घाईते भएको, निजी तथा व्यवसायिक भवन, सवारी साधनहरुमा व्यापक तोडफोड र आगजनी भएकोप्रति राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ । हामी यस घटनाको धोर निन्दा र भ्रत्सना गर्दछौं । यस घटनाले सारा नेपालीलाई मर्माहत तुल्याएको छ ।

सुशासन सहित आफ्‌ना हक अधिकारहरुको संरक्षणकालागि आवाज उठाउॅन सडक प्रदर्शनमा रहेका युवा/नागरिकहरु उपर राज्यले अत्याधिक प्रहरी वल प्रयोग गरि लोकतन्त्र र मानव अधिकारको खिल्ली उडाएको छ । सरकार/राज्य गैरजिम्मेवार हुन मिल्दैन, निरंकुशता कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन । सरकारले उचित शान्ति, सुरक्षाको प्रबन्ध मिलाउन सकेन ,

आजको आन्दोलनमा ज्यान गुमाउनु भएकाप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । घाइते हुनुभएकाहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । युवा/नागरिकहरुका जायज माग तत्काल सम्बोधन गर्न सरकार समक्ष अनुरोध गर्दछौं।

यस घटनाको छानविन गर्न उच्च स्तरिय समिति गठन गर्न समेत प्रतिष्ठान माग गर्दछ।

भवानी प्रसाद खरेल 

अध्यक्ष

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान

Share:

परिषद बैठक सम्पन्न !



राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको केन्द्रीय परिषद बैठक (वार्षिक साधारणसभा) सम्पन्न भएको छ ।

 बैठकबाट आ. व. २०८१/८२ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन/ लेखापरीक्षण प्रतिवेदन र आ. व. २०८२/८३ कोलागि अनुमानित बजेट र कार्यक्रम समेत पारित भएको छ । 

अध्यक्ष भवानी प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष राजकुमार गुरुङ, महासचिव घमान तामाङ, उपमहासचिव प्रदिप श्रेष्ठ, केन्द्रीय सदस्यहरु अनुराधा जोशी, नवराज न्यौपाने, पासाङ तामाङ, राधाकृष्ण भण्डारी, सल्लाहकार हरिचन्द्र भट्टराई, परिषद सदस्यहरु बालिका शिवाकोटी, डा. कमल प्रसाद लिम्बू, साबित्रा न्यौपाने, इन्दिरा चुडाल खरेल, लीलानाथ शर्मा पौडेल, कुमारी बाठा मगर, अनवर आलम अन्सारी, खिलराज खरेल, आलोक रौनियार, अस्मिता तामाङ, काठमाडौ शाखा अध्यक्ष सन्तोष पन्त, ललितपुर शाखा अध्यक्ष मदनमान महर्जन, भक्तपुर शाखा अध्यक्ष डा. ईरा शर्मा, आजीवन सदस्य रामधन श्रेष्ठ र अध्यक्ष भवानी प्रसाद खरेल लगायतले मुलुकको वर्तमान मानव अधिकार तथा राजनीतिक अवस्थाकोबारेमा बिचार राख्नु भएको थियो।

परिषद बैठकमा सहभागी सबै सदस्यज्युहरुमा केन्द्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौ।

घमान तामाङ 

महासचिव 

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान 

(मिति: २०८२ भाद्र २० गते, काठमाडौ)

Share:

प्रतिष्ठानको ऐक्यबद्धता !



राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित "सूचनाको हक संरक्षणका लागि सडक सभा" कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको ऐक्यबद्धता सहित महासचिव घमान तामाङले प्रतिनिधित्व गर्नु भएको छ ।  महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्नुभएकोमा सूचनाको हककालागि राष्ट्रिय महासंघ लाई हार्दिक धन्यवाद, बधाई र शुभकामना व्यक्त गर्दछौ । 

भवानी प्रसाद खरेल

अध्यक्ष- HURFON 

(मिति: ३ भाद्र २०८२)

Share:
मानव अधिकारको रक्षा एवं सम्मान गरौं...!

Recent Posts

Popular Posts

Featured Post

जेन–जी आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे–प्रेस वक्तव्य

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान National Human Rights Foundation (HURFON) केन्द्रीय कार्यसमिति, सल्लाहकार, शाखा अध्यक्ष/प्रतिनिधि समेतको बै...

Thanks For Visiting

“Human rights, the foundation of freedom, justice and peace, are not a privilege but a dignity that must be respected.”---HURFON